नेपाल एयरहोस्टेसको छैटौं ब्याचको ‘ग्रायजुवेशन’ कार्यक्रम सम्पन

air-hostess-news

नेपाल एयर होस्टेस एकेडेमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं ब्याचको ‘ग्रायजुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी, वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
नेपाल एयर होस्टेस एकाडमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर बसेका कम्तिमा ५ फिट ३ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ केटाहरुलाई अन्तर्राष्ट्रिय स्तरको ४ महिनाको एयर होस्टेस तालिम दिदै आइरहेको छ भने सम्पूर्ण वर्गलाई ध्यान राखेर न्यूनतम शुल्क लिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको विज्ञ प्रशिक्षकहरुबाट ट्रेनिङ प्रदान गरिरहेको छ । हाल नेपाल एयरहोस्टेस एकाडमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुमा रोजगारीको अवसर प्रदान गरी हालसम्म काम गरिरहेको वताउँछन संस्थाका अध्यक्ष प्रदिपराज वन्त । हाल नेपाल लगायत अन्य मुलुकहरुमा एयर होस्टेसका माग बढ्दो रहेकाले देशैभरिका युवायुवीहरुको रुचिको विषय वनेको पाइन्छ साथै विगतको तुलनामा तालिम लिनेको संख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएको छ भने तालिम दिने संस्थाहरु पनि दिनानुदिन  खुल्दै गएको पाइन्छ भने तालिम कुन संस्थाले राम्रो दिन सकिन्छ भनेर प्रतिस्पर्धा भएकाले तालिम लिनेहरुलाई झनै फाइदा पुगेको वन्तले बताए ।

Segment: 
Language: