वरिष्ठ साहित्यकार रामबाबु सुवेदीको बाल्यकालको कथा Childhood days Story of Senior Author Rambabu Subedi

rambabu-subedi-2018-photo-credit-by-ramesh-chandra-ghimire

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुनुहुन्छ (राजीव उपनाम, वि.सं. २००४ साल जेठ १४ गते जन्म ।) उहाँ नेपाली साहित्यमा सरल सरल काव्य रचनाका लागि सुपरिचित लेखक हुनुहुन्छ उहाँका करिब तिन दर्जन कृतिहरु प्रकाशित छन् उहाँले कविता, नाटक, निवन्ध कथा विधामा कलम चलाउनुभएको  छ । तर, उहाँ एउटा सफल कवि हुनुहुन्छ साथै बालसाहित्यमा सुन्दर कविता गीतका अलावा उहाँका सुन्दर सचित्र कथा बालचित्रकथाहरु पनि प्रकाशित छन् वरिष्ठ बालसाहित्य लेखकका रुपमा आफ्नो विशिष्ट स्थान बनाउन सफल, छन्दमा राम्रा-राम्रा कविता गीत लेख्न सिपालु साहित्यकार सुवेदीको बाल्यकाल यस अंकमा प्रस्तुत गरेका छौँ उहाँ यसरी सुनाउनुहुन्छ  आफ्नो बाल्यकालको कथा :

 मेरी आमाको नाम पवित्रा सुवेदी (घिमिरे)  हो    बाको नाम देवीदास सुवेदी हो मेरी बहिनीको नाम पार्वती न्यौपाने (सुवेदी) हो

मेरो न्वारानको नाम झलकनाथ हो, दोस्रो नाम वसन्त हो मेरो खास नाम बाबुराम थियो तर मेरो गाउँको अर्को एकजना भाइको नाम पनि बाबुराम भएको हुँदा मेरा गुरु गोविन्द बरालले मेरो नामको अक्षरलाई उलटपुलट पारेर मेरो नाम रामबाबु बनाइदिनु भयो त्यसपछि रामबाबु भएँ साहित्यमा मेरो नाम राजीव पनि हो

मेरो गाउँको नाम हंसपुर हो यो कास्की जिल्लामा पर्छ मादी नदीको छेउमा मेरो रमाइलो गाउँ उत्तरमा अन्नपूर्ण हिमाल, पश्चिममा रुपा बेग्नासताल, काखमा पास्तो खोलो घना जंगल रहेको काफल, ऐंसेलु, चुत्रो, जामुनो, तिँदु, कटुस दक्यौली जस्ता फलहरु मैले थुप्रै खाएको छु सानो छँदा मेरो गाउँमा सुन्तला आँप पनि टन्नै थिए

मेरो गाउँमा बाहुन, क्षेत्री, गुरुङ, मगर, कामी, सार्की आदि जातिको बसोबास ती नङ मासु झै मिलेर बसेका छन् यिनै जातिका बालुन, सोरठी, भजन, चुड्का, ठाडोभाका, रोदी आदिले मेरो कलिलो मनमा ठूलो प्रभाव पारेका हुन् दशैं, तिहार, तीज रतेलीको रमाइलो वातावरणको मज्जा पनि मेरो मनमा ताजा छँदैछ

सानो छँदा मेरो गाउँमा कुनै विद्यालय थिएनन् त्यतिखेर गाउँमा पीँढीशिक्षा (कसैको पीँढीमा पढाइने शिक्षा) को चलन थियो मेरा गुरु वृहस्पति न्यौपानेले मलाई पीँढीमै अक्षर चिनाउँनु भएको हो मैले पेचबहादुर गुरुङ गणेश श्रेष्ठ गुरुहरुसँग चौतारीमा पढ्न पाएँ त्यसपछि गुरु स्थानानाथ न्यौपाने छँगेनी रुद्रनाथसँग मैले कटेरा-झुप्रोमा पढें त्यसपछि मैले पोखराको संस्कृत पाठशालामा गएर अमरकोश लघुकौमुदी पढ्न थालें यसरी कहिले मामाघरमा कहिले पुरन्चौरमा बसेर पढ्दा पढ्दै वि.सं. २०१४ सालमा मेरो प्रभात प्राइमरी स्कुल खुल्यो त्यही स्कुलमा पढ्न थालें

गाउँमा खेलकुदमा रमाएका ती दिनहरु सम्झँदा मलाई निकै आनन्द लाग्छ पांग्रा गुड्काउँदै रमाउँनु, डन्डीबियो खेल्नुको मज्जा नै अर्को थियो झुम्राको फुटबल खेल्दा झन बढी रमाउँथें मैले धेरै वर्ष झुम्राको बल खेलें

मलाई मेरी बहिनीलाई आमाको काखमा छाडेर मेरो बुवा लाहुर जानुभएको थियो उहाँको लाहुर भारतको कलकत्ता थियो केही समय पछि दुइवटा भरिया लगाएर बुवा घर आउँदा पाँच वर्षो फुच्चे थिएँ उहाँलाई लिन आमा गाउँको छेउसम्म पुगेका थियौं त्यो बेला मलाई देख्नासाथ बुवाले मलाई अंगाल्नु भयो बर्र आँसु झार्नु भयो बुवा रोएको देखेर आमा पनि रोयौं मलाई लाग्छ त्यो आँसु खुसीका पनि थिए दुःखका पनि थिए

मेरो घरमा गाई, भैसी बाख्रा थिए भेडा थिएनन् गाई-बाख्रा चराउन जान्थें पाठापाठी मलाई एकदमै मनपर्थे पाडाबाच्छालाई एकदमै माया गर्थें भकारा सोर्थे, घाँस काट्थें बाआमालाई सघाउँथें

सात वर्षो हुँदा मेरो बुवा बित्नुभयो टुहुरो भएँ बहिनी टुहुरी भई आमाले सेता लुगा लगाउनु भयो आमालाई दुःख थियो एक्ली नारी विधवा भनेर मानिसहरु हेप्थे उहाँले धेरै दुःख गरेर मलाई बहिनीलाई हुर्काउनुभयो पढाउनुभयो समाजसँग डराउनु भएन उहाँले हिम्मत साथ हामीलाई हुर्काउनुभयो, पढाउनुभयो योग्य बनाउँनु भयो आमालाई हौसला दिएर मामा चन्द्रकान्त घिमिरेले ठूलो गुन लगाउनु भयो मलाई थपी-थपी घिउँ खुवाउँने माइजू झनै जाती हुनुहुन्थ्यो  

मेरी आमा अहिले हुनुहुन्न उहाँ बित्नु भयो मलाई लाग्छ मेरी आमा पानीको थोपो समुद्र दुबै हो किनकि आमाको माया अपार आमाको देखाएको बाटो अहिले हिडिरहेको छु सँधै श्रम मिहिनेतलाई माया गर भन्ने आमाको आज्ञाले गर्दा नै आज मेरो जीवन खुसी भएको

Literature: 
Language: