सधैँ कथा भन्नुहुन्छ
बाबा राती–राती
पुग्नुपर्छ भन्नुहुन्छ
चन्द्र जस्तै माथि
भाइलाई जति माया
मलाई पनि उस्तै
हामी दुईका खेलौना नि !
हुन्छ है दुरुस्तै
राम्रो नाना बजारबाट
ल्याई दिनुहुन्छ
माया गर्दै दूधुमाम
खुवाई दिनुहुन्छ
कहिले भन्नुहुन्छ नानी !
कहिले सानी परी
कहिले गाउनु हुन्छ गीत
भाका लै बरी ।