बाको मोबाइल (बालकविता) - रमेशचन्द्र घिमिरे Children's Poem by Ramesh Chandra Ghimire

ramesh-chandra-ghimire-bako-mobile

एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
अाज बाको मोबाइल हुन्छ खोसाखोस्

हिसाब गर्छु भनेर दाइले तान्नुभो
यस्मै फेसबुक काकीले खोल्न जान्नुभो
`वर्ल्ड कपमा कल्ले गोल् कति खाएछ ?´
फुट्बल हेर्न काकालाई मन लाएछ

`रेडियोले के भन्छ ? यस्मै सुन्छु म
नयाँ खबर सुनेर ढुक्क हुन्छु म´
हजुरबाले माग्नुभो कस्को के लायो ?
तर मोबाइल खोसेर भाइले खेलायो

`फिलिम् यस्मै हेरिन्छ हलमा जान्नँ म
म‍‍‍ोबाइल छुन नदिए भातै खान्नँ म´
यसो भन्दै दिदीले घुर्की लाउनु भो
`फोटा हेरम्´ भनेर बज्यै अाउनु भो

गीत सुन्न मन् छ रे कानमा लाएर
बैनी मोबाइल माग्दैछे यतै अाएर
`कति बज्यो ?´ भनेर  टाइम सोध्नुभो
झोक चलेछ अामालाई मोबाइल खोज्नु भो

`बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर
फोन गर्ने हो यसको काम अङ्क थिचेर´
बाले यसो भन्नुभो चुप्प लाइयो
अाखिर बाको मोबाइल बालाई बुझाइयो

बिग्रे पनि अब त हुन्न हाम्रो दोष्
अाज बाको मोबाइल भयो खोसाखोस् ।
                (२०७५/०३/१०)

Literature: 
Language: