सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखा विस्तार

insurance-news

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार (वैशाख २४ गते) कम्पनीका अध्यक्षश्री प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गर्नुभयो । उहांले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिलगर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिनु भयो ।
समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राजपौडेलले बीमावजारको संभाव्यता र कम्पनीको योजनाकोबारेमा जानकारी गराउनुभएको थियो । यस शाखाकार्यालय संचालनपश्चातजनमानसमाबीमाको पहुँचअभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्नागा्रहकवर्गलाइजीवनबीमा सेवाप्रदानगर्ने लक्ष्य लिएको छ ।

Segment: 
Language: