बुद्ध जयन्तीमा विद्यालय पोशाक तथा बालपुस्तक वितरण

clfn-discussion-club-donation

ललितपुर, वैशाख १६ गते । २५६२ औं बुद्ध जयन्तीका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालका संस्थापक तथा जलरिका साहित्य प्रतिष्ठानका अध्यक्ष लेखक/समाजसेवी जलेश्वरी श्रेष्ठले ललितपुर, थैनास्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ३१ जना गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई विद्यालय पोशाक सहयोग गर्नु भएको छ । प्रतिष्ठानको बालसाहित्य छलफल क्लबले ‘विद्यालयका बालबालिकासँग लेखक’ कार्यक्रमअन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ लेखक श्रेष्ठसँग बालबालिकाहरुले छलफल गरेका थिए । उक्त अवसरमा लेखक श्रेष्ठले आफूले आफ्नो जीवनमा देखेका र भोगेका कुराहरुबाट साहित्य लेख्ने गरेको विचार व्यक्त गर्नुभएको थियो । साथै उक्त अवसरमा उहाँले बालबालिकालाई साहित्य लेखनका विभिन्न विषयमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विद्यालयको पुस्तकालयका लागि बालसाहित्य पुस्तकहरु पनि उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमिला शाक्य र प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले बालसाहित्यको महत्वबारे बोल्नु भएको थियो ।

Segment: 
Language: