बालबालिकामा पठन संस्कृतिको विकास विषयमा गोष्ठी सम्पन्न  

reading-habit-news

वैसाख १० गते/  डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय तथा सानेपास्थित सामुदायिक बालविकास पुस्तकालयको संयुक्त आयोजनामा डिल्लीरमण पुस्तकालयमा बालबालिकामा पठन संस्कृतिको विकास विषयमा गोष्ठी सम्पन्न भयो । 
ख्यातिप्राप्त बालसाहित्य सर्जक शान्तदास मानन्धरको अध्यक्षतामा भएको गोष्ठीको पहिलो सत्रमा बालसाहित्य सर्जक विनय कुमार कसजूले ‘बालबालिकामा पढ्ने बानीको विकास गर्न बालसाहित्यको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रबारेमा प्रा.डा. मोहन लोहनी, नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारी विनोद पोखरेल, नेपालकी प्रथम महिला कृषि विज्ञ देवकी श्रेष्ठ, शिक्षक मित्रमणि त्रिपाठी, पुस्तकालय संघका अध्यक्ष गुणप्रसाद न्यौपाने, ख्यातिप्राप्त कलाकार के.के.कर्माचार्य, बालसाहित्य सर्जक कार्तिकेय घिमिरे, सार्वजनिक पुस्तकालयका संचालक जुजुभाइ डंगोल, नेपाल बालसाहित्य समाजका नवनिर्वाचित अध्यक्ष शैलेन्दुप्रकाश नेपालले मन्तव्य प्रकट गर्नु भएको थियो । 
दोस्रो सत्र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष डा. तुलसी भट्टराईको अध्यक्षतामा भएको थियो । सो सत्रमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै शुभकामना दिनु भएको थियो । उहाँले पुस्तक नीति र पुस्तकालय नीति तयार भइसकेको र चाँडै नै सार्वजनिक हुने कुरा बताउनु भयो । त्यस सत्रमा सामुदायिक बालविकास पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले ‘पठन संस्कृतिको विकासमा बालपुस्तकालयको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
शान्तदास मानन्धरले बालबालिकामा पठन संस्कृतिको विकास गर्नु भनेको सांस्कृतिक परिवर्तन हो । यो समाज परिवर्तन गर्ने काम हो । यसमा सबैको भूमिका हुन्छ भन्नुभयो । 
ज्ञानज्योति पुस्तकालय पनाैतीका विद्यार्थी अभिषेक खुलाल र सामुदायिक बालविकास पुस्तकालयका विद्यार्थीहरू अादित्य मण्डल र रिम्ती पासवानले पुस्तकालयको अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रम संचालन डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका सचिव भोला श्रेष्ठले गर्नु भएको थियो । सामुदायिक बालविकास पुस्तकालय सानेपास्थित नवजीवन अाामा समूहले विगत सात वर्षदेखि संचालन गरिरहेकाे छ ।

पढ्ने बानी सफलताको निसानी 

Segment: 
Language: