भूकम्प पिडितहरूलाई तीन वर्षदेखि वल्र्ड भिजनका साझेदार संस्थाहरुको निरन्तर सहयोग

world-vision-2018

२०७५, बैशाख १०, काठमाडौं, नेपाल
नेपालमा भूकम्प आएको तीन वर्ष भइसक्दा वल्र्ड भिजनका साझेदार संस्थाहरु भूकम्पबाट अति प्रभावित १० जिल्लामा शिक्षा, बाल संरक्षण, स्वास्थ्य, जिविकोपार्जन, खानेपानी, सरसफाई तथा स्वच्छता, आवासर पुर्वाधार कार्यक्रमहरू मार्फत् ५,७३,६८८ व्यक्तिमाझ पुगेका छन् । यसै क्रममा वि.स. २०७५ को वैशाख महिना देखि वल्र्ड भिजनका साझेदार संस्थाहरुले भूकम्प प्रभावित जिल्लाहरुमा आफ्ना सम्पूर्ण परियोजनाहरुको सफलतापूर्वक समापन गर्दैछन् ।
भूकम्पले अति प्रभावित जिल्लाहरूमा मानवीय सहायताका क्षेत्रमा काम गर्ने सरोकारवाला, सरकार र सामुदायका साझेदारहरूसँगै काम गर्दा वल्र्ड भिजनका साझेदार संस्थाहरुले निरन्तर रूपमा एउटा मजबुत साझेदारी निर्माण गरेका छन्, साझा जवाफदेहिता प्रबद्र्धन गरेका छन् र स्थानीयको क्षमता अनि सामुदायको सहभागिता अभिवृद्धि गरेका छन् ।
“हामीले धेरैपटक देखेका छौँ स्थानीय समुदायसँग आप्mनो घर र समुदाय पुनःनिर्माण गर्ने बेजोड शक्ति छ । हामी जानकार छौं कि प्रभावित जिल्लाहरूमाअझै पनि धेरै आवश्यकताहरु छन् । भूकम्प प्रतिकार्यको यस पुनस्र्थापना चरणमा हामीसँग सिमित बजेट र श्रोत उपलब्ध भएकोले उक्त बजेट तथा श्रोतको रणनैतिक दृष्टिकोणले सदुपयोग गर्दै समाज कल्याण परिषदसंगको परियोजना सम्झौताको समयसिमा अनुसार वल्र्ड भिजन इन्टरनेसनल नेपालले आफ्नो परियोजनाहरु समापन गर्ने निर्णय लिएको हो ।नेपाल भूकम्प प्रतिकार्यको अन्तिम चरणमा हामीले समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपदको सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा कार्य गरेका छौं,” वल्र्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ साटोले भन्नुभयो ।

Segment: 
Language: