हान्स क्रिस्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस मनाइयो

int'l-children's-book-day-2018-CLFN-event

काठमाडौं– चैत १९ गते ।
विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस बालपुस्तकको महत्वबारे छलफल, बालपुस्तक वितरण र कथावाचन तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरी मनाइयो ।
बालसाहित्य प्रतिष्ठानद्घारा आयोजित कार्यक्रममा काठमाडौंको सिफलचौरस्थित बालमन्दिर, बालग्रहमा आश्रित ९३ जना बालबालिकाहरुलाई प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले पुस्तकको महत्वबारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुलाई ‘जादुको कथा’ पुस्तक उपहार प्रदान गरिएको थियो । कार्यक्रममा बालसाहित्य लेखक कार्तिकेयले कथावाचन गर्नुका साथै बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रदर्शन गर्नु भएको थियो । कथावाचन, गायन, नृत्य र कविता वाचनले बालबालिकाहरुले कार्यक्रमलाई रोचक बनाउनुभएको थियो ।
प्रवचनका क्रममा डा. आचार्यले पुस्तकले आफ्नो जीवन सफल बनाउन गरेको योगदानबारे सारगर्भीत मन्तव्य दिनुभएको थियो । उहाँको विचार सुनेर बालबालिकाहरु पुस्तक पढ्न हौसिनुभएको थियो । कार्यक्रममो समापनमा बालबालिकालाई मिठाई पनि वितरण गरिएको थियो ।


हान्स क्रिश्चियन एन्डरसन जयन्ती र विश्व बालपुस्तक दिवसबारे :

सन् १९६७ देखि विश्वविख्यात परीकथा लेखक हान्स क्रिश्चियन एन्डरसनको जन्मदिन अप्रिल २ का दिन अन्तर्राष्ट्रय बालपुस्तक दिवस मनाइदै आइएको छ । हरेक वर्ष पुस्तक पठन संस्कृति बढाउने उद्देश्यका साथ यो दिवस मनाइन्छ । नेपालमा पठन संस्कृतिको विकासका लागि बालसाहित्य प्रतिष्ठान नेपाल विगत दुई दशकदेदि समर्पित छ । प्रतिष्ठानले जादुको कथा बालपुस्तक निःशुल्क वितरण अभियानअन्तर्गत् ४४ जिल्लामा कथावाचन र पुस्तक वितरणको कार्यक्रम संचालन गरिसकेको छ । प्रतिष्ठानका संरक्षक तथा आदरणीय समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा २२ हजार प्रति जादुको कथा बालपुस्तक निःशुल्क वितरण गरिएको छ । यस कृतिका लेखक कार्तिकेय हुन् । जादुसम्बन्धी रमाइला कथा र रोचक जानकारीहरु समावेश गरिएको यो कृति बालबालकिालाई किताब रमाइलो हुन्छ भन्ने प्रभाव पार्न सफल भएको डा. आचार्यले बताउनुभयो । 
नयाँ वर्ष वि.सं. २०७५ बाट प्रतिष्ठानले गरिब बालबालिकाका लागि रंगीन किताब (अर्फाेडेबल बुक फर निडी चिल्ड्रेन) नामक अभियान शुरु गर्दैछ । यस अभियानअन्तर्गत विभिन्न दाताहरुको सहयोगका एक लाख प्रति पुस्तक वितरण गर्ने उद्देश्य प्रतिष्ठानले लिएको छ । प्रकाशित हुने कृतिमा दाताको रंगीन तस्बिर पनि प्रकाशित हुने प्रतिष्ठानले जनाएको छ ।

Segment: 
Language: