news/events

हार्दिक समवेदना Sticky

Nov
19
kabitaram-ketaketionline

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।

Posted By ketaketionline read more

मेरो कथाको एलियन विमोचित

Nov
18
alian-book-launching

आजबाट नेपाली बालसाहित्यको भण्डारमा अर्को एउटा किताब थपिएको छ, त्यो हो ‘मेरो कथाको एलियन’ नामक बालचित्रकथाकृति । बालसाहित्य लेखक अनुराधाले लेख्नुभएको र चित्रकार सुमन महर्जनले चित्रांकन गर्नुभएको यो च्याप्टर बुक आज आयोजित एक समारोहबीच किताबका लेखक अनुराधा, चित्रकार सुमन महर्जन र वरिष्ठ बालसाहित्य लेखक शान्तदास मानन्धरले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

Posted By ketaketionline read more

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल सम्पन्न

Nov
17
Abin-Shrestha-ketaketionline

केटाकेटी अनलाइन पत्रिकाको आयोजना तथा बुकआर्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । बालसाहित्यका वरिष्ठ चित्रांकनकर्ता अविन श्रेष्ठसँग ‘मेरो दृष्टिमा वर्तमान बालसाहित्य’ विषयक विशेष प्रस्तुति तथा छलफल भएको यस कार्यक्रममा वरिष्ठ चित्रकार श्रेष्ठले नेपाली बालसाहित्य लेखन र चित्रांकनको वर्तमान अवस्थाबारे आफ्ना महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नु भएको थियो ।

Posted By ketaketionline read more

बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं

Nov
14
discussion-program-2017

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे चित्रकार लेखकहरुमाझमा बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं ।

Posted By ketaketionline read more

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

Nov
13
int'l girl child day 2017- CLFN Program

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Posted By ketaketionline read more

आदरणीय महिला लेखकज्यूहरुमा विशेष अनुरोध

Nov
12
int'l girl child day 2017- notice for memoir writinf competition

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति– सुन्ने सुनाउने कार्यक्रम’ यस प्रतिष्ठान र महिला लेखकहरुको संस्था ‘गुञ्जन’ को संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा आयोजना हुन लागेकोले उक्त कार्यक्रममा उपस्थित हुनुभई आफू बालिका छँदाको अनुभव सुनाएर हामीलाई हौसला र प्रेरणा प्रदान गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौं । साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन अनुरोध छ । कार्यक्

Posted By ketaketionline read more

केटाकेटी अनलाइन पोस्ट बक्स नं. २५८५९ काठमाडौंलाई विभिन्न बालपुस्तकहरु प्राप्त

Oct
31
book-palace-books

केटाकेटी अनलाइन पोस्ट बक्स नं. २५८५९ काठमाडौंलाई बुक प्यालेस प्रदर्शनीमार्ग, काठमाडौंबाट विभिन्न बालपुस्तकहरु प्राप्त भएका छन् । यस पटक प्राप्त भएका चारमध्ये दुईवटा कृति लेखक प्रकाश प्रधानले लेख्नुभएको हो ।

Posted By ketaketionline read more

'बालसाहित्य लेखक–चित्रकार परिचय कोश- २०७४ ' का लागि निम्न महानुभावहरुको परिचय प्राप्त भएको छ

Oct
26
clfn-logo

'बालसाहित्य लेखक–चित्रकार परिचय कोश- २०७४ ' का लागि निम्न महानुभावहरुको परिचय प्राप्त भएको छ । छुट्नुभएका लेखक–चित्रकारज्यूलाई प्रतिष्ठानको इमेल ठेगाना childacademy43@gmail.com मा यथाशक्य छिटो आफ्नो परिचय (तस्बिरसहित) पठाउनुहुन अनुरोध गर्दछौं ।

Posted By ketaketionline read more

बालकथा प्रतियोगिताको जरुरी सूचना

Oct
26
blind-children-at-lab-school-kirtipur

CHILDREN'S STORY WRITNING COMPETITION, 2017 for BRAILLY BOOK EDITION
यस प्रतिष्ठानले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आँखा नदेख्ने दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेल पुस्तक (बालकथा संग्रह) प्रकाशन गर्ने भएकाले आआफ्नो एकवटा कथा (बढीमा ३५० शब्दको र प्रेरणामूलक नैतिक शिक्षा भएको निमावि तहका बालबालिकाका लागि उपयोगी कथा) र आफ्नो बायोडाटा (तस्बिरसहित) पठाउनुहुन सम्पूर्ण बालसाहित्य लेखक महानुभावहरुलाई अनुरोध गर्दछौं ।

Posted By ketaketionline read more

CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl

Oct
15
int'l girl child day 2017

CLFN proudly Announces
 ==================
 CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl Child 11 October
 ===============
  अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजना हुने कथा लेखन तथा संस्मरण  लेखन प्रतियोगितामा भाग लिई रु. २५ हजार पुरस्कार जित्नुहोस् ।
 यस प्रतियोगितामा ९ वर्षदेखि ७० वर्षसम्मका बालिका/महिला लेखकहरुले भाग लिन सक्नेछन् । 
 प्रकाशनयोग्य रचना पठाउन सफल १० जनालाई यो पुरस्कार प्रदान     गरिने छ । 

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events