Nepali

असमकी वरिष्ठ लेखिका गीता उपाध्याय

Jul
04
gita-upadhya-asam-india

सुश्री गीता उपाध्याय नेपाली र आसामी भाषामा साहित्य रचना गर्ने भारतीय बालसाहित्य लेखिका हुनुहुन्छ । उहाँको जन्म १४ फरबरी सन् १९३९ मा असम राज्यको शोणितपुर जिल्लामा भएको हो । उहाँ पिता टंकनाथ उपाध्याय र माता भागिरथी उपाध्यायकी सुपुत्री हुनुहुन्छ ।

Posted By ketaketionline read more

नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाली बालसाहित्य बारे छलफल र भविष्यको बाटो

Jul
04

गोष्ठी पत्रमाथि क्रमशः साहित्यकार रञ्जुश्री पराजुली र प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । वरिष्ठ विद्वान एवं नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको सभापतित्वमा सम्पन्न कार्यक्रम बालसाहित्यका वरिष्ठ अगुवा शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Posted By ketaketionline read more

भूकम्प पश्चात नेपालमा कुपोषणका जोखिमसँग जुध्नका लागि पहलहरू बढाउन युनिसेफको सहयोग

Jul
03

काठमाडौँ, २०७२ आषाढ १८ – बैशाख १२ गतेको विनाशकारी भूकम्प गएको दोस्रो महिनामा युनिसेफले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र साझेदारहरूलाई एक साता लामो अभियानमार्फत भुकम्पबाट अति प्रभावित १४ जिल्लाका ५ लाखभन्दा धेरै बालबालिका र महिलालाई अत्यावश्यक पोषण सेवा दु्रत गतिमा प्रवाह गर्न सहयोग गरिरहेको छ । “बैशाख १२ र २९ गते गएका दुई भूकम्पहरु र त्यसपछिका परकम्पहरुले घरहरू भत्किएका छन्, भण्डारण गरिएका अन्नपात नष्ट भयो, घरपालुवा पशुपंक्षी पनि नोक्सान भए । बर्षासँगै अस्थायी पाल र आश्रयस्थलहरूमा बसेका मानिसहरु प्रभावित भईरहेका छन् ।

Posted By ketaketionline read more

यो हप्ता केटाकेटी अनलाइनलाई तिनवटा कृतिहरु प्राप्त भएको छ

Jul
02

यो हप्ता केटाकेटी अनलाइनलाई तिनवटा कृतिहरु प्राप्त भएको छ । ती कृतिको छोटकरी परिचय यहाँ प्रस्तुत गरिएको छ ।

Posted By ketaketionline read more

साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत लेखक मुक्ति उपाध्याय बराल

Jun
29
mukti-baral-ketaketionline

वरिष्ठ साहित्यकार एवं समालोचक मुक्ति उपाध्याय बराल उत्कृष्ट बालसाहित्य लेखनका लागि साहित्य अकादमी पुरस्कारबाट भारतको केन्द्रीय सरकारबाट पुरस्कृत लेखक हुनुहुन्छ ।

Posted By ketaketionline read more

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट अन्जना राजवंशी, महेश पौड्याल र गङ्गा पौडेल पुरस्कृत

Jun
27
Anjana-Rajbanshi

गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना राजवंशी (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।

Posted By ketaketionline read more

हार्दिक बधाई

Jun
27
mukti-baral-ketaketionline

नेपाली बालसाहित्य प्रतिष्ठान, पूर्वोत्तर, भारतका संयोजक वरिष्ठ कलाकार, साहित्यकार एवं समालोचक श्री मुक्ति उपाध्याय बरालज्यूले भारत सरकारद्वारा प्रदान गरिने विशिष्ट

Posted By ketaketionline read more

जीवनी लेखनमै जिन्दगी बिताउने छु : गोपाल पराजुली

Jun
23
gopal-parajuli-ketaketionline

भमरकोट, काभ्रेमा वि. सं. २००२ साल ज्येष्ठ ९ गते जन्मनुभएका वरिष्ठ बाल साहित्यकार गोपाल पराजुली बालजीवनी लेखक हुनुहुन्छ । उहाँले हालसम्म ५ सय जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जीवनी लेखिसक्नु भएको छ । ती मध्ये २ सय जनाको जीवनी विभिन्न कृतिमा प्रकाशित भइसकेका छन् । उहाँका प्रकाशित कृतिहरु केही राष्ट्रिय विभूतिहरु भाग १, २ र ३, पाँच प्रसिध्द वैज्ञानिकहरुको जीवनी, हाम्रा प्रसिध्द साहित्यकार भाग १, २, ३, ४, ५ र ६, नानीको बानी (बालनिबन्ध), रुपको साहस (बालकथा), एकदिनको यात्रा (बालउपन्यास), समयका डोबहरु (कविता), नेसनल हिरोज अफ नेपाल, पच्चिस प्रतिभा भाग १, २, ३, ४, ५, ६ र ७ र लिटरेर आइक्यान अफ नेपाल भाग १ र २ रहेका   छन् । 

लेखक पराजुली बालसाहित्य प्रतिष्ठान नेपालबाट अभिनन्दित लेखक हुनुहुन्छ । उहाँले राष्ट्रिय बाल पुरस्कार, २०४३ र २०४८, अन्तर्राष्ट्रिय बालवर्ष बालकथा पुरस्कार, सन् १९९०, बालहितकारी पुरस्कार २०५७, बालसाहित्य पुरस्कार, शिशु सेवा सदन, २०५९, रत्न बालकोष सम्मान २०५८, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट उत्कृष्ट बालसाहित्य पुरस्कार २०७०, किशोर साहित्य विशिष्ट सम्मान, २०७० (गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषका निमित्त केटाकेटी मिडियाबाट) लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गर्नु भएको छ ।

वरिष्ठ लेखक पराजुलीसँग केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

Posted By ketaketionline read more

बालसाहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल लेखिका स्नेहलता राई

Jun
21
snehalata-rai-darjeeling

साहित्यकार स्नेहलता राई भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार बालसाहित्य अकादमी पुरस्कार नेपाली भाषाका लागि प्राप्त गर्न सफल लेखिका हुनुहुन्छ । उहाँ ६ जनवरी सन् १९५० मा तकभर, दार्जिलिङ, भारतमा जन्मनु भएको  हो । साहित्यकार पिता रोबीन नेचाल र माता शारदा नेचालकी सुपुत्री स्नेहलता पति पूरण थुलुङ राईसँगै अहिले माउन्ट हर्मन स्टेट, दार्जिलिङमामा बस्नु  हुन्छ । उहाँ पिप्ली प्रा. पाठशालाको पूर्व प्रधान अध्यापिका हुनुहुन्छ । उहाँले शिक्षण पेशाबाट सन् २०१० मा अवकाश प्राप्त गर्नु भएको थियो । 

Posted By ketaketionline read more

प्रेरणादायी कथाहरु

Jun
20
alina-subedi-times-school

एलिना सुवेदी, कक्षा ९, टाइम्स स्कुल, कुलेश्वर, काठमाडौँ ।

आत्मालाई मनोरन्जन दिँदै मनमा जिज्ञासा भरिदिँदै अकल्पनीय रुपमा कसैलाई वास्तविकता र सच्चाइमा डुब्न प्रेरित गर्नु कथामा हुनुपर्ने आवश्यक गुण हो । यस्तै गुण बोकेको कथाहरुको सङ्ग्रह हो ‘कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु’ नामक कथा सङ्ग्रह ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali