Nepali

आज एग्लान्टाइन जेबको कुरा गरौं

Sep
15

भाइबहिनीहरु,

आज एग्लान्टाइन जेबको कुरा गरौं । किनकि उनी नै बालअधिकार वारे कुरा गर्ने पहिलो मानिस हुन् । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले चिन्छन् । उनले सन् १९२३ मा बालअधिकार अभियान सुरु गरेकी थिइन् । यसै अभियानकै क्रममा त्यही वर्ष उनले पाँचबुँदे बालअधिकार घोषणापत्र पनि तयार पारेकी थिइन् । त्यो घोषणापत्र जेनेभा घोषणापत्रका रुपमा परिचित छ । उनले सुरु गरेकै बालअधिकार अभियान बढ्दै गएर सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि पारित भएको अवस्थासम्म पुगेको हो । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले भनेका हुन् ।

Posted By ketaketionline read more

भित्री आँखा

Sep
15
lalita-doshi-at-ketaketi

          — ललिता दोषी

सेतो लौरी हातमा छ
पीठमा ठूलो झोला
छामछाम छुमछुम गर्दै आइन्
नेत्रहीन नीरा

Posted By ketaketionline read more

सानैदेखि हाम्रो मन भाच्न नखोज

Sep
15
prabha-bhattrai-at-ketaketi-online

               — प्रभा भट्टराई

सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो ।

Posted By ketaketionline read more

बालदिवस बालबालिकाकालाई सम्मान दिनुपर्छ भनेर सबैलाई घचघच्याउने दिवस हो

Sep
14

अनुशासित तथा सुशिक्षित बालकबालिका नै सदैव राष्ट्रका प्रमुख स्तम्भ हुन् । मानव जातिको विकासमा बालक बालिकाहरुको व्यक्तिगत तथा सामूहिक विकासले निर्णायक स्थान राख्दछ भन्ने कुरा सर्वमान्य छ । बाल्यावस्थामा पाएको शिक्षा–दीक्षा र पालनपोषण अनुसार नै बालक बालिकाहरुको प्रकृति बन्दछ । यो महान् सत्यलाई हृदयङ्गम गरी हामी सबैले नेपाली बालक बालिकाहरुको शारीरिक, मानसिक र बौद्घिक विकास गर्नमा आफ्नो शक्ति र साधनले भ्यायसम्म प्रयत्न गर्नुपर्दछ भन्नु अत्युक्ति नहोला । यसैमा हामी सबैको समृद्घिशाली भविष्य निर्भर गर्दछ ।
भाइबहिनीहरु, यो भनाइ विचार मुमा रत्न राज्यलक्ष्मी देवी शाहको हो । उहाँ असहाय तथा अनाथ बालबालिकाहरुको मन्दिर बालमन्दिरको संस्थापक हुनुहुन्छ । उहाँले नै नेपालमा बालदिवस मनाउने चलन शुरु गर्नु भएको हो ।
यो देशमा गणतन्त्र आउनु अघि मुमाकै जन्मदिन भाद्र ४ गतेको मितिमा बालदिवस मनाउने गरिएको थियो । तर अहिले बालदिवस भाद्र २९ गते मनाउने गरिन्छ । भाद्र २९ को दिन नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीमा सहीछाप गरेको दिन हो ।

Posted By ketaketionline read more

मातृभाषामा बालसाहित्य विषयमा छलफल कार्यक्रम सम्पन्न

Sep
13

राष्ट्रिय बालदिवस २०७० का अवसरमा मातृभाषामा बालसाहित्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुपन्डोल, ललितपुरमा रहेको सातोआकी भवनको सभाकक्षमा आयोजित कार्यक्रम नेपाल बालसाहित्य समाज, इलोह प्रकाशन र बालसंसार प्रा. लि. को संयुक्त आयोजनामा भएको थियो ।

Posted By ketaketionline read more

दृष्टिविहिन बालिकाको आवाज

Sep
05

लेब्रोटरी स्कुलमा कक्षा १० मा पढ्ने सरिता अधिकारी भन्छिन्– हामीलाई जीवनमा व्यवहारिक ज्ञानका हिसावले काम लाग्ने जति मात्र गणित विषय पढाइयोस् । गणित विषय नै पढेर जाँच दिई उतीर्ण हुनैपर्ने बाध्यता हामी दृष्टिविहिनका लागि अत्यन्त दुःखको विषय हो । यसमा सरोकारवालाहरुको ध्यान पुगोस् ।

Posted By ketaketionline read more

आवाज सुनाउने दिवसमा आवाज सुनाउन नै महँगो शुल्क तिर्नु परे पछि ...

Sep
05
listen-childrens-voice

आवाज सुनौं भन्ने मूल नारा रहेको यस वर्षको बालदिवसमा आवाज सुनाउन नै हरेक प्रतियोगितामा शुल्क तिर्नुपरेकोले सहभागिताको संख्यामा पनि असर परेको कुरा एक कर्मचारी बताउँछन् । उनी नाम नछापिदिनु है भन्दै भन्छन् – यस वर्ष सहभागिता एकदमै कम भएको छ । कविता प्रतियोगितामा सहभागिताको आकर्षण राम्रो हुन्थ्यो । तर यो पटक दशवटा विद्यालय मात्र सहभागि भए । यो प्रतियोगितामा पहिला धेरै बालबालिका सहभागी हुन्थे ।

Posted By ketaketionline read more

ब्राइट फ्युचरकी छात्रा हिरोइन

Sep
02
bright-future-school-news

शिक्षा दिने शिक्षकको कथालाई पर्दामा उतार्न थालिएको नेपाली चलचित्र टिचरमा ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत छात्रा सलिना बस्नेत हिरोइन हुने भएकी छिन् । उनका पिता वरिष्ठ निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा उनले मुख्य भूमिकामा अभिनय गर्न लागेकी हुन् । यस अघि उनले थुप्रै चलचित्रमा बालकलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् ।

Posted By ketaketionline read more

रोचक जानकारीहरू

Sep
02

सन् १३३७ र १४५३ का बीच बेलायत र फ्रान्सका बीचमा अनेक छोटा छोटा युद्धहरू भए । यी युद्धहरूलाई सामूहिक रुपमा “सयवर्षे युद्धहरू भनिन्छ । बेलायतीहरूले पटक पटक फ्रान्सको सत्तालाई कब्जा गर्ने कोसिस गरिरहे । तर फ्रान्सेलीहरूले त्यसको प्रतिकार गरि नै रहे । १४१५ मा बेलायती राजा हेनरी पाचौंले फ्रान्समाथि जबरजस्त आक्रमण गरेर एजिनकोर्ट युद्ध जितेर फ्रान्सलाई आफ्नो अधिनमा ल्याए ।

Posted By ketaketionline read more

प्रयास नेपालमा कथावाचन

Sep
02
prayas-nepal-children

बालबालिकाको संरक्षण र बाअधिकारको प्रवर्धनका लागि क्रियाशील सामाजिक संस्था प्रयास नेपाल अनाथालयमा आश्रित बालबालिका माझमा बालबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेयले कथावाचन गर्नु भएको छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali