Nepali

बालप्रतिभा कोषको ११ औं वर्षबाट नयाँ कार्यक्रम

Oct
14
trust-program-sundal-bhaktapur

    विगत दश वर्षदेखि बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले स्थापनाको एघारौं वर्ष वि. सं. २०७० बाट बालबालिकालाई नयाँ कार्यक्रममार्फत् पुरस्कृत गर्ने भएको    छ । यस कार्यक्रम अन्तर्गत् कुनै समुदायमा गई त्यहाँको बालक्लव वा सामुदायिक पुस्तकालयसँग मिली वर्षभरि त्यस क्लबका वा क्षेत्रका बालबालिकाका लागि विविध विधाका पठन सामग्रीहरु उपलब्ध गराउँने कार्यक्रम रहेको छ ।

Posted By ketaketionline read more

बालबालिकाको रेडियो कार्यक्रमलाई अन्तराष्ट्रिय पुरस्कार

Oct
11

प्लान नेपालको सहयोगमा मकवानपुरको इन्द्र सरोबर युवा क्लवले संचालन गरेको बाल संसार रेडियो कार्यक्रमले उलरिख भिकर्ट फाउण्डेशन जर्मनीबाट पुरस्कार पाएको छ । ग्रामीण तहमा रहेर बालबालिकाको आवाजलाई रेडियो मार्फत उनीहरुको सृजनात्मक पक्षको विकासमा टेवा पु्रयाउदै बालअधिकार प्रवद्र्धनमा योगदान पुरयाए वापत यो पुरस्कार प्रदान गरिएको हो । छ हजार युरो पुरस्कार राशी रहेको यो विशेष विधा अन्तर्गतको अवार्ड एक समारोहका वीच जर्मनीको बर्लिनमा बालसंसारका प्रतिनिधिले ग्रहण गरे । बालसंसार कार्यक्रम आठ वर्षदेखि प्लानको सहयोगमा उत्पादन हुँदै आएको छ ।

Posted By ketaketionline read more

केटाकेटी अनलाइनमा यो हप्ता वरिष्ठ समालोचक मोहनराज शर्मासँग गरिएको कुराकानी

Oct
06
mohanraj-sharma

१. नमस्ते ! दाजु अहिले के गरिरहनु भएको छ ?

 नमस्ते ! अहिले म पहिलापहिला छापिएका आफ््ना पुराना रचनाहरू पत्रपत्रिकाबाट बटुल्ने काम गर्दै  छु । मैले केटाकेटीका लागि केही लेखेको छैन भन्ने थकथकी मलाई सधैं लाग्थ्यो, तर बटुलबाटुलतर्फ लाग्दामेरा तीनवटा बालएकाङ्की, दुईवटा बालकथा, एउटाचित्रकथा र केही पाठ्यपुस्तक छापिएको पाएर सारै खुसी लागेको छ । मेरो 'डुहुरे मुसा र सेतो बिरालो' भन्ने कथा र 'बैसाखी र धोक्रो' भन्ने एकाङ्की प्राय: स्कुले केटाकेटीहरूले पढेको हुनु पर्छ भन्ने मलाई लागेको छ । अझै केटाकेटीहरूका लागि केही सिर्जना गर्ने सोच छ, हेरौं के हुन्छ !

Posted By ketaketionline read more

माटो कति राम्रो ? - दैवज्ञराज न्यौपाने

Oct
04
daibgya-raj-neupane

सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो
सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ?

Posted By ketaketionline read more

आहा ! हाम्रो नेपाल

Oct
04

सहिर प्रजापति, कक्षा ८ क, ह्वाइटफिल्ड उमावि, खुशीबु, काठमाडौं ।


बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल
हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल
घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल
सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल ।

Posted By ketaketionline read more

बालसाहित्यकार रञ्जुश्री पराजुली

Oct
04
ranjushree-parajuli
बालसाहित्यकार रञ्जुश्री पराजुलीको जन्म वि.सं. २००५ मा काठमाडौंको काल्धारामा भएको हो । विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थामा आवद्ध श्रीमती रञ्जुश्री पराजुली काठमाडौंको बागबजारस्थित पद्म कन्या क्याम्पसमा प्राध्यापक पेशामा सेवारत हुनुहुन्छ । उहाँ विभिन्न सङ्घसंस्थाद्धारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । उहाँ सार्क बालिका वर्ष १९९० मा बालसाहित्य समाजले आयोजना गरेको बालकथा प्रतियोगितामा पुरस्कृत हुनुहुन्छ । त्यस्तै समाज कल्याण मन्त्रालयद्वारा प्रदान गरिने बालसाहित्य पुरस्कार (२०५५), शिशु सेवा समिति विराटनगरद्वारा बालसाहित्य पुरस्कार (२०५७), उन्नयन त्रैमासिकद्वारा वर्षको उत्कृष्ट निबन्धका लागि शिवप्रसाद उन्नयन पुरस्कार (२०५७) वर्षको उत्कृष्ट बालकथासङ्ग्रह ‘टाटेपाङ्ग्रे’ का लागि साझा बालसाहित्य पुरस्कार (२०५७) सयुक्त रूपमा प्राप्त गर्नुभएको छ ।
Posted By ketaketionline read more

किशोर उपन्यास र नियति चक्र बारे पाठकसँग अन्तरक्रिया

Oct
02

वि. सं. २०६९ को गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त कृति फ्लासब्याकमा जिन्दगी (किशोर उपन्यास) का लेखक लक्ष्मी उप्रेती र पाठकबीच अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ ।
     ऐरावती प्रकाशनबाट प्रकाशित यो कृति उत्कृष्ट रहेको धारणा समीक्षकहरु गीता त्रिपाठी र प्रकाश पाण्डेले बताउनु भएको छ । यो कृतिमा किशोरको जीवन शैलीलाई राम्ररी चित्रण गरिएको किशोर लेखक प्रकाश पाण्डेले बताउनु भयो ।

Posted By ketaketionline read more

मार्टिन चौतारीमा नेपालमा बालसाहित्यबारे छलफल

Oct
02
shaswat-parajuli-at-martin-chautari

काठमाडौंको थापाथलीमा रहेको मार्टिन चौतारीको आयोजनामा नेपालमा बालसाहित्य लेखनबारे छलफल भएको छ । वरिष्ठ बालसाहित्य लेखक एवं सम्पादक शास्वत पराजुलीले विचार पत्र प्रस्तुत गर्नु भएको यस कार्यक्रममा उहाँको विचार पत्रमाथि विभिन्न बालसाहित्य लेखक, सम्पादक र नाटक निर्देशक दाजु दिदीहरुले छलफल गर्दै आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

Posted By ketaketionline read more

जलेश्वरी श्रेष्ठको पिङ्की एण्ड द बटरफ्लाइज विमोचित

Oct
02

वरिष्ठ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठका १५ वटा उत्कृष्ट बालकथालाई छनोट गरी अङ्ग्रेजीमा अनुवाद गरी तयार गरिएको कृति पिङ्की एण्ड द बटरफ्लाइजको विमोचन भृकुटिमण्डपमा आयोजित बृहत् पुस्तक प्रदर्शनीमा सम्पन्न भएको छ ।

Posted By ketaketionline read more

पढ्नै पर्ने किताबहरु बजारमा

Sep
28

१. मेरो हलेसी यात्रा

भीएस ग्लोरिएस स्कुल (थापाथली, काठमाडौं) मा कक्षा ७ मा पढ्ने महेश भट्टराईले लेखेका यात्रा सस्मरणको कृति हो मेरो हलेसी यात्रा । यस कृतिमा विभिन्न विषयमा लेखिएका २४ वटा यात्रा सस्मरणहरु रहेका छन् ।
     सानै उमेरमा यात्राका यति धेरै कुराहरु सम्झिएर लेख्न सक्ने महेशको क्षमता तारिफयोग्य रहेको छ । उनले यो किताबमा घुमघामका बेला देखेका र भोगेका कुराहरुलाई पढ्न मज्जा लाग्ने गरी लेखेका छन् ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali