Nepali

दृश्यविहीन बालबालिकाहरुका लागि सानो प्रयास

Jan
31
story-telling-for-blind-children-ketaketionline.com

सरस्वती पूजाको पुन्य अवसरमा दृश्यविहीन बालबालिकाहरुका लागि सानो प्रयास । उनीहरुका लागि ब्रेल लिपिमा बालसाहित्य तथा अन्य ज्ञानगुनका सन्दर्भ पुस्तकहरुको असाध्यै ठूलो अभाव रहेको छ ।
यस अवसरमा हामी कार्तिकेय घिमिरे लिखित र विदेशी स्वयंसेवी सुसाना अल्डेडले वाचन गर्नुभएका बालकथाहरुको सुन्ने कथाको सिडी पनि वितरण गर्दैछौं । तपाईंहरुसँग पनि सुन्ने किताब र ब्रेल पुस्तक छन् भने हामीलाई सहयोग गर्नुहोस् । यस पटकका सहयोगीहरु सबैमा हार्दिक धन्यवाद छ ।
Children's Literature Foundation Nepal (www.clfnnepal.org)

Posted By ketaketionline read more

‘रमाको नमूना गाउँ’ माथि छलफल सम्पन्न

Jan
10
clfn-discussion-club-first-month-017

साहित्यकार लक्ष्मी उप्रेती लिखित ‘रमाको नमूना गाउँ’ कृतिको पाण्डुलिपिमाथि छलफल सम्पन्न भयो ।

Posted By ketaketionline read more

सन् २०१६ मा प्रकाशित कार्तिकेय घिमिरेका सचित्र बालकथाका रंगीन पुस्तकहरु

Dec
21
I'm Not a Thief

यस वर्ष बालसाहित्य लेखक कार्तिकेयका १२ वटा कृतिहरु प्रकाशित भएका छन् ।

Posted By ketaketionline read more

राज सरगम लिखित उपन्यास छाउघर पुरस्कृत

Dec
18
gothale-puraskar-073

GOTHALE Young Adult Literature Manuscript Award Distribution Ceremony 2017

Posted By ketaketionline read more

बन्दीपुरमा जलरिका बालसाहित्य गोष्ठी सम्पन्न

Dec
11
jalarika-bandipur-073

काठमाडौं, मंसिर २५ / जलरिका साहित्य सेवाको आयोजनामा बन्दीपुरमा बुद्धि–रेशम बालसाहित्य लेखन पुरस्कार वितरण र जलरिका बालसाहित्य रचना वाचन समारोह÷जलरिका बालसाहित्य गोष्ठी भव्यताका साथ सम्पन्न भयो ।

Posted By ketaketionline read more

बालसाहित्य लेखकहरु बन्दीपुर यात्रामा

Dec
09
jalarika-program-bandipur-073

काठमाडौं, मंसिर २४÷ जलरिका साहित्य सेवाको आयोजनामा बन्दीपुरमा हुने बुद्धि–रेशम बालसाहित्य लेखन पुरस्कार वितरण समारोह– २०७३ कार्यक्रमका लागि बालसाहित्य लेखक तथा पत्रकारहरुको दुई दिने बन्दीपुर यात्रा शुरु भएको छ ।

Posted By ketaketionline read more

अमेरिकामा सबैथोक अनुशासन र समयको घेराभित्र हुन्छ । यो कुरा नेपाली बालबालिकाले सिक्नुपर्छ ।

Dec
04
ranjushree-parajuli-usa

यस पटकको केटाकेटी अनलाइन ३ प्रश्नमा वरिष्ठ लेखक रञ्जुश्री पराजुलीसँग कुराकानी गरिएको छ । लामो समय प्राध्यापन पेशामा सक्रिय रही अवकाश प्राप्त गर्नुभएकी लेखक पराजुली अहिले बालसाहित्य लेखनमा समर्पित हुनुहुन्छ । उहाँका कथा, समालोचना, निबन्ध र बालसाहित्यका थुप्रै कृतिहरु प्रकाशित छन् ।

Posted By ketaketionline read more

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार ‘छाउघर’ लाई प्रदान गरिने

Nov
16
chau-ghar-raj-sargam-book-073

आदरणीय लेखक गोविन्द बहादुर मल्ल ‘गोठाले’ को स्मृतिमा वरिष्ठ साहित्यकार एवम् समाजसेवी जलेश्वरी श्रेष्ठज्यूले दुई लाखको अक्षयकोश स्थापनामा सहयोग गर्नुभई वि.सं. २०६९ बाट हरेक वर्ष वितरण हुँदै आएको ‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार’ २०७३ सालका लागि प्रतिभाशाली लेखक राज सरगम लिखित ‘छाउघर’ उपन्यासलाई प्रदान गरिने भएको छ ।

Posted By ketaketionline read more

बालसंवेदनशीलतालाई ध्यान दिएर लेखिएको नेपाली भाषाको पहिलो किताब- कर्म

Nov
14
karma at pokhara

पोखरा— कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘कर्म: सिकाइमा गहिरिएको खाडल’ का विषयमा पोखरामा परिचर्चा गरियो । चेतनामूलक समाज निर्माणका लागि पठन संस्कृति विकास गरौं भन्ने नाराका साथ क्रियाशील महिलाहरुको संस्था स्टडी सर्कल सोसाइटीले गरेको परिचर्चा कार्यक्रमका सहभागीहरुले पुस्तक पढेपछि आफ्नो सोचाइमा परिवर्तन आएको प्रतिक्रिया दिए । पुस्तकमा भएका अनेक कर्मशील पात्रले गरेका काम प्रेरणादायी रहेको बताए ।

Posted By ketaketionline read more

‘कर्म’ का लेखक, पत्रकार दामोदर न्यौपानेसँग तिन प्रश्न

Oct
17
damodar-neupane9

'केटाकेटी अनलाइन तिन प्रश्न' स्तम्भअन्तर्गत यसपटक हामीले बालबालिकाका विषयमा खोजमूलक रिपोटिङ गर्ने जुझारु पत्रकार दामोदर न्यौपानेसँग कुराकानी गरेका छौं । कान्तिपुर दैनिकका पत्रकार न्यौपाने लिखित कृति ‘कर्म’ भर्खरै बजारमा आएको छ । बालबालिकाको विषयमा लेखिएको यो एउटा गहन कृति हो । यसमा बालबालिकाले भोगेका विविध विषयलाई फरक कोणबाट प्रस्तुत गर्ने जमर्को गरिएको छ । वास्तवमा यो बालबालिकाको आवाज बोकेर आएको कृति हो ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali