Nepali

नेवारी गुभाजुको जादुको कथा

Sep
02

नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने चेलाको धेरै जनसमुदायको बीचमा पेट काटेर मुटु र कलेजो झिकेर नजिकै एउटा केराको पातमा राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयक्त र एकोहोरो वचन उसले भनिरहेको थियो ।

Posted By ketaketionline read more

‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार, २०७०’ का लागि पाण्डुलिपि पठाउन आब्हान

Sep
01

वरिष्ठ लेखक गोविन्द बहादर मल्ल ‘गोठाले’ को स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि किशोरका लागि रचना गरिएको कृतिको पाण्डुलिपि यही २०७० कार्तिक मसान्तभित्र पठाउनुहुन आब्हान गर्दछौं ।
       किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठकोे संस्थापकत्वमा दुई लाखको अक्षयकोष जुटाएर यस पुरस्कारको स्थापना भएको  हो । केटाकेटी मिडियाको संयोजनमा यो पुरस्कार वि. सं. २०६९ बाट बितरण गर्न शुरु गरिएको हो ।
        किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक मिठास दिन समर्थ उत्कृष्ट आख्यान कृतिको पाण्डुलिपिलाई हरेक वर्ष नगद रु ११ हजार १ सय ११ नगद र ताम्रपत्रसहित यो पुरस्कार हरेक वर्ष प्रदान गरिंदै जाने लक्ष्य रहेको छ ।

Posted By ketaketionline read more

मेरो जीवनकथा

Sep
01
anjana-rajbanshi

          – अञ्जना राजबंशी
मेरो जीवन जहाँ सबै भन्दा पहिले म छु, मेरो परिवार छ, मेरो समाज छ अनि यो सिंगो बिश्व छ । कति धेरै बाँधिएको छ मेरो जीवन । तर पनि म दुखि छुइन कारण मेरो जीवनमा मेरो उद्देश्य छ, ‘खुशी हुने र सबैलाई खुशी दिनेमा’ आफूलाई एकदमै माया गर्छु  र मलाई थाहा छ  मेरो जीवनले पनि माया गर्छ मलाई ।  म र मेरो जीवन बीचको  यो अनन्त प्रेमले मेरो  हरेक पाइलामा मलाई ऊर्जा दिन्छ र अघि बढ्छ । तसर्थ  मेरो जीवन मेरो लागि एउटा शक्ति हो,  प्रेरणा हो । 

Posted By ketaketionline read more

उस्तै रात दिन - by Neelam Karki 'Niharika'

Sep
01
neelam-karki

                             – नीलम कार्की निहारिका
एकै हुन्छ मेरा लागि उस्तै रात दिन
संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ?

हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे
लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे
हरियो र नीलो भन्ने, रंग कस्तो होला
आकाशले छोपी राख्या धर्ती कत्रो होला ?
एकै फेर मनभित्र तस्बिर, खिच्न पाएँ भने
कल्पी बाच्थे सबैतिर ,कालै बादल छाएपनि

आमा बाबु एकान्तमा भाग्य छाम्दै रोलान्
दिदी भनी बोलाउने भाइ कस्ता होलान् ?
छाम्दा तातो हुन्छ आसु बग्दा कस्तो होला ?

Posted By ketaketionline read more

खेलौना होइन, किताब उपहार - गुड रिडर इज दि गुड लिडर - रामचन्द्र तिमोथी

Aug
31
Ram Chandra Timothy- keaketionline

रामचन्द्र तिमोथी एकजना सफल पुस्तक व्यवसायी तथा प्रकाशन उद्यमीका रुपमा परिचित हुनुहुन्छ । उहाको प्रकाशन संस्था एकता प्रकाशनले स्थापनाको करिब तीन दशक अवधिमा हजारौं पाठ्यपुस्तक, साहित्यिक पुस्तक तथा बालसाहित्य प्रकाशन गरिसकेको छ । बालसाहित्यको विकासका बारेमा गरिएको कुराकानी यहा प्रस्तुत गरिएको छ

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali