Nepali

नेपाली बालसाहित्यका विभिन्न कृतिहरु मराठी भाषामा प्रकाशित

Sep
18
marathi-book-cover

विभिन्न नेपाली बालसाहित्य लेखकका बालकथाका कृतिहरु मराठी भाषामा प्रकाशित भएको खबर प्राप्त भएको छ । यी कृति भारतको पुनेमा रहेको स्पर्श प्रकाशनले प्रकाशित गरेको हो ।

Posted By ketaketionline read more

एक्लै गौशालाबाट चावहिल आउन डराउँथेँ

Sep
17
achyut-acharya

प्रा. डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनी समाजसेवाका क्षेत्रमा पनि सक्रिय छन् । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गरेका छन् । दुःखी गरीब बालबालिकाहरुलाई विभिन्न अनाथालमा गई निशुल्क उपचार गरिदिने र औषधीसमेत सहयोग गर्ने डा. आचार्य चिकित्सा क्षेत्रका आदरणीय व्यक्तित्व हुन् । यस अंकमा डा. आचार्यसँग उनको बाल्यकालका बारेमा कुराकानी गरेका छौं । उनी आफ्नो बाल्यकाल यसरी सनाउँछन् ः

Posted By ketaketionline read more

राम्री नानी

Sep
15
ranjushree-parajuli

        - रञ्जुश्री पराजुली
 
आज नानी कता जान्छे
बुबुमाम सबै आफैं खान्छे
भोलि नानी अलि ठूली हुन्छे
पुस्तक च्यापी पढ्न जान्छे ।

Posted By ketaketionline read more

टाईम्स ईन्टरनेशनल मन्टेश्वरी स्कुलका विद्यार्थीले रेड डे मनाए

Sep
15
times-school-children

सितापाईलास्थित टाईम्स ईन्टरनेशनल मन्टेश्वरी स्कुलका विद्यार्थी र शिक्षिकाले तीज मनाएका छन् । तीजका अवसरमा सबै महिला रातो पहिरनमा देखिने भएकाले कार्यक्रमलाई रेड डे अर्थात रातो दिन नाम दिइएको थियो । कार्यक्रममा सबै विद्यार्थी एवं शिक्षिकाले रातो पहिरन लगाएर नाचगान गरेका थिए ।

Posted By ketaketionline read more

आज एग्लान्टाइन जेबको कुरा गरौं

Sep
15

भाइबहिनीहरु,

आज एग्लान्टाइन जेबको कुरा गरौं । किनकि उनी नै बालअधिकार वारे कुरा गर्ने पहिलो मानिस हुन् । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले चिन्छन् । उनले सन् १९२३ मा बालअधिकार अभियान सुरु गरेकी थिइन् । यसै अभियानकै क्रममा त्यही वर्ष उनले पाँचबुँदे बालअधिकार घोषणापत्र पनि तयार पारेकी थिइन् । त्यो घोषणापत्र जेनेभा घोषणापत्रका रुपमा परिचित छ । उनले सुरु गरेकै बालअधिकार अभियान बढ्दै गएर सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि पारित भएको अवस्थासम्म पुगेको हो । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले भनेका हुन् ।

Posted By ketaketionline read more

भित्री आँखा

Sep
15
lalita-doshi-at-ketaketi

          — ललिता दोषी

सेतो लौरी हातमा छ
पीठमा ठूलो झोला
छामछाम छुमछुम गर्दै आइन्
नेत्रहीन नीरा

Posted By ketaketionline read more

सानैदेखि हाम्रो मन भाच्न नखोज

Sep
15
prabha-bhattrai-at-ketaketi-online

               — प्रभा भट्टराई

सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो ।

Posted By ketaketionline read more

बालदिवस बालबालिकाकालाई सम्मान दिनुपर्छ भनेर सबैलाई घचघच्याउने दिवस हो

Sep
14

अनुशासित तथा सुशिक्षित बालकबालिका नै सदैव राष्ट्रका प्रमुख स्तम्भ हुन् । मानव जातिको विकासमा बालक बालिकाहरुको व्यक्तिगत तथा सामूहिक विकासले निर्णायक स्थान राख्दछ भन्ने कुरा सर्वमान्य छ । बाल्यावस्थामा पाएको शिक्षा–दीक्षा र पालनपोषण अनुसार नै बालक बालिकाहरुको प्रकृति बन्दछ । यो महान् सत्यलाई हृदयङ्गम गरी हामी सबैले नेपाली बालक बालिकाहरुको शारीरिक, मानसिक र बौद्घिक विकास गर्नमा आफ्नो शक्ति र साधनले भ्यायसम्म प्रयत्न गर्नुपर्दछ भन्नु अत्युक्ति नहोला । यसैमा हामी सबैको समृद्घिशाली भविष्य निर्भर गर्दछ ।
भाइबहिनीहरु, यो भनाइ विचार मुमा रत्न राज्यलक्ष्मी देवी शाहको हो । उहाँ असहाय तथा अनाथ बालबालिकाहरुको मन्दिर बालमन्दिरको संस्थापक हुनुहुन्छ । उहाँले नै नेपालमा बालदिवस मनाउने चलन शुरु गर्नु भएको हो ।
यो देशमा गणतन्त्र आउनु अघि मुमाकै जन्मदिन भाद्र ४ गतेको मितिमा बालदिवस मनाउने गरिएको थियो । तर अहिले बालदिवस भाद्र २९ गते मनाउने गरिन्छ । भाद्र २९ को दिन नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीमा सहीछाप गरेको दिन हो ।

Posted By ketaketionline read more

मातृभाषामा बालसाहित्य विषयमा छलफल कार्यक्रम सम्पन्न

Sep
13

राष्ट्रिय बालदिवस २०७० का अवसरमा मातृभाषामा बालसाहित्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुपन्डोल, ललितपुरमा रहेको सातोआकी भवनको सभाकक्षमा आयोजित कार्यक्रम नेपाल बालसाहित्य समाज, इलोह प्रकाशन र बालसंसार प्रा. लि. को संयुक्त आयोजनामा भएको थियो ।

Posted By ketaketionline read more

दृष्टिविहिन बालिकाको आवाज

Sep
05

लेब्रोटरी स्कुलमा कक्षा १० मा पढ्ने सरिता अधिकारी भन्छिन्– हामीलाई जीवनमा व्यवहारिक ज्ञानका हिसावले काम लाग्ने जति मात्र गणित विषय पढाइयोस् । गणित विषय नै पढेर जाँच दिई उतीर्ण हुनैपर्ने बाध्यता हामी दृष्टिविहिनका लागि अत्यन्त दुःखको विषय हो । यसमा सरोकारवालाहरुको ध्यान पुगोस् ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali