नेपालको बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन) का अध्यक्ष कार्तिकेय र भारतको एसोसियसन अफ राइटर्स एण्ड इलुस्टेटर्स फर चिल्ड्रेन, नयाँ दिल्ली, भारत (इण्डियन सेक्सन अफ आइबीबीवाई) का अध्यक्ष श्रीमती निलिमा सिन्हाबिच सौहार्द भेटघाट भएको छ ।
वि.सं. २०३३ साउन २८ गते पिता विष्णुप्रसाद र माता हेममायाका सुपुत्रका रुपमा पनौती ७ मा जन्मिनुभएका सूर्यप्रसाद लाकोजू सक्रिय युवा लेखक हुनुहुन्छ । उहाँको कोपिला बालकवितासङ्ग्रह र योमरी सचित्र बालतथ्यपुस्तक गरी दुई बालकृतिहरु प्रकाशित छन् । तातेताते रंगीन बालकविता सङ्ग्रह बालसाहित्यतर्फ उहाँको तेस्रो पाइला हो । यो रंगीन बालपुस्तक बुकआर्ट नेपालबाट यहीँ महिना प्रकाशित हुँदैछ । नेपाली साहित्यमा उहाँका कविता, मुक्तक, हाइकु, संस्मरण, संस्कृति र जीवनी गरी एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
क्षेत्रप्रताप अधिकारी नेपाली हुँ भनेर गर्व गर्ने कवि हुनुहुन्छ । उहाँले देशभक्तिका सुन्दर गीतहरु रचना गर्नुभएको छ । उहाँलाई ‘गामबेँसीका कवि’ पनि भनिन्छ । उहाँका रचना सरल, सुन्दर र मार्मिक छन् ।
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो ।
यो विषयमा स्कूलका शिक्षकहरुलाई भन्दा “माथिबाट भएकोले हामी केही गर्न सक्दैनौ” भन्छन् । को माथि भन्दा कोही बोल्दैनन् । आकाशबाट ईश्वरले “स्कूलको यूनिफर्म फेर्नु” भनेर त पक्कै आदेश गरेको होइन होला । माथि भनेको शिक्षा मन्त्रालय हो भन्ने विचार गरेर मैले शिक्षा मन्त्री, शिक्षा सचिवहरुलाई पनि मौखिक रुपमा यो ‘समस्या’ बताए । किनभने कतिपय विद्यार्थीका भाइ बहिनीले पनि दिदी दाजुको सानो भएको पुरानो निलो रंगको पाइन्ट र स्कर्ट लगाएर स्कूल आउँछन । तर यदि प्रत्येक वर्ष यूनिफर्म फेरिए त कसरी उनीहरुले लगाउन सक्छन ?
नेपाल एयर होस्टेस एकेडेमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं ब्याचको ‘ग्रायजुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।